पोखरा म्याराथनमा छात्रतर्फ विवेक र छात्रातर्फ नर्मताले उपाधि जिते

-



     सफल आवाज    
     वैशाख ४ गते २०७८ मा प्रकाशित



पोखरा, ४ बैशाख । १५ औं सस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किलोमिटर छात्रतर्फ विवेक परियार र छात्रातर्फ नर्मता गुरुङले जितेका छन् ।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा सम्पन्न दौडमा छात्रतर्फ ज्ञान ज्योति इङलिस बोर्डिङ स्कूल लाहाचोकका परियारले जितेका हुन् । उनले उक्त दौड २१ मिनेट ५२.३० सेकेण्डमा पुरा गरेका थिए ।

छात्रातर्फ भानु मावि तनहुँमा अध्ययनरत नर्मता गुरुङले जितेकी छन् । उनले उक्त दौड २८ मिनेट १०.१ सेकेण्डमा पुरा गरेकी थिइन् । दुवैलै दौड जिते सँगै नगद जनही १०–१० हजारका साथमा मेडल, प्रमाणपत्र र मायाको चिनो प्राप्त गरे ।

पदमोदय मोडल सेकेण्डरी स्कुल दाङका छात्र गृष रानामगरले २२ मिनेट ०२. ५० सेकेण्डमा पुरा गर्दै दोश्रो भएका छन् भने ज्योति मावी नवलपरासीका आशीष पोखरेल २२ मिनेट २२.३० सेकेण्डमा पुरा गर्दै तेश्रो भएका छन् ।

छात्रातर्फ पदमोदय मोडल सेकेण्डरी स्कुल दाङकी बन्दना चौधरीले ३० मिनेट १२.२० सेकेण्डमा पुरा गर्दै दोश्रो भइन् भने उदय मावि धम्पुसकी बिनु बिक ३१ मिनेट ४८.२० सेकेण्डमा दोड पुरा गर्दै तेश्रो भइन् ।

दोश्रो र तेश्रो हुनेले धावकले क्रमश जनही नगद ७ र ४ हजारका साथम मेडल, प्रमाण र मायाको चिनो प्राप्त गरेका छन् ।

उनीहरुलाई पोखरा महानगर पालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट, मञ्च अध्यक्ष तेज गुरुङ लगायतले पुरस्कार प्रदान गरे ।

सफल दुधको मुख्य प्रायोजनमा १५ औं संस्करण अन्तर्गत उक्त दौड प्रतियोगिता भएको थियो ।