कोरोना संक्रमणबाट डिएसपी केसीको निधन

-



     सफल आवाज    
     जेठ ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ जेठ । कोरोना भाइरसको संक्रमणबाट नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको निधन भएको छ ।

महानगरिय प्रहरी परिसर काठमाडौंमा कार्यरत रहेका केसीको आज बिहान प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई दुई हप्ता अगाडी अस्पतालमा भर्ना गरिएको थियो ।

नेपाल प्रहरीका एक कर्तव्यनिष्ट, बफादार र असल प्रहरी अधिकारीको रुपमा छवि बनाएका केसी कागेश्वरी मनोहरा नगरपालिका मूलपानीबासि हुन ।