
महेन्द्रनगर, ९ जेठ । कोरोनाको दोस्रो लहर शुरु हुनुअघि दिन नबिराएर कञ्चनपुरको महेन्द्रनगरस्थित कडर्डहल परिसरमा नियमित अभ्यासमा भेटिने कुस्ती खेलकी साग पदक विजेता खेलाडी शिवानी दुबेको लकडाउनपछि दैनिकी नै परिर्वतन भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाले सार्वजनिक स्थलमा खेलकुद गतिविधि बन्द भएसँगै शिवानी अहिले नियमित घरको बरण्डामा अभ्यासमा छन् ।
“दौड हुँदैन अरु शारीरिक अभ्यास घरमै भइरहेको छ”, उनेले भनिन्, “बुवा पनि खेलाडी भएकाले घरको छतमा नियमित अभ्यास गरिरहेकी छु ।” सिँढी, बरण्डा र छतमा अभ्यास गरिरहेकी शिवानीले कोरोना नियन्त्रणमा आइसकेपछि कबर्डहलमा अभ्यास गर्ने पर्खाइमा रहेको बताइन। राष्ट्रियस्तरमा सात स्वर्ण र १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा रजत पदक विजेता शिवानीले तीन महिना भारतको हरियाणामा समेत प्रशिक्षण लिएर कोरोनाका कारण फर्किएको बताइन ।
“कोरोनाले भारतमा पनि लकडाउन भयो, फर्किएर घर आएँ”, उनले भनिन, “भारतमा दुई वर्ष प्रशिक्षणका लागि सम्झौता भएको छ ।” शिवानीका बुबा राजु पनि कुस्तीका राष्ट्रिय खेलाडी हुनुहुन्छ । छोरीले घरमा प्रशिक्षण गरिरहेको भिडियोहरु उहाँले सामाजिक सञ्जालमा समेत पोष्ट गर्दै आउनुभएको छ । बक्सिङ ओलम्पियन तथा प्रशिक्षक डम्बरदत्त भट्टले गाउँतर खेलाडीहरु आन्तरिक प्रशिक्षणमा रहेको बताइन । “घरमै रहेर पनि खेलाडीहरु ‘फिटनेस’का अभ्यासहरू गरिरहेका छन्”, उनले भनिन, “विषम परिस्थितिले खेलकुद क्षेत्र पनि निकै आक्रान्त बनेको छ ।” उहाँले आम नागरिकलाई पनि प्रतिरोधात्मक शक्तिका लागि स्वास्थ्य सर्तकता अपनाएर घरमै व्यायाम गर्न सुझाव दिइन ।
“घरमै बसेर पनि जो कोहीले व्यायाम गर्दा स्वास्थ्यका लागि लाभदायक नै हुन्छ”, उनले भनिन, “बीचको केही समय खेल गतिविधि सञ्चालनमा आए पनि दोस्रो लहर आएपछि पुनः स्थगन भए ।” गत वर्ष पनि कोरोना शुरु हुँदा खेल क्षेत्र प्रभावित भएको बताउँदै जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले दोस्रो लहरमा पनि केन्द्रको निर्देशनअनुरूप सम्पूर्ण खेल गतिविधि बन्द गरिएको जानकारी दिए । “अहिले स्वास्थ्य सतर्कता अपनाएर आफू सुरक्षित रहने बेला हो”, कार्यालय प्रमुख भट्टले भने, “खेल गतिविधि नहुँदा खेलाडीहरु प्रभावित हुनु स्वाभाविक नै हो ।”
कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले खेलाडीहरु अहिलेसम्म सङ्क्रमित हुनबाट जोगिएको बताउनुभयो । “यस्तो बेला बाहिर निस्कन गाह्रो छ”, उनले भने, “कबड्डीका खेलाडीहरु गाउँघरमै आन्तरिक व्यायाममा व्यस्त छन् ।” कञ्चनपुरमा फुटबल, भलिबल, कराँते, कबड्डी, क्रिकेट, बक्सिङ, तेक्वान्दो, भारोत्तोलनलगायतका खेलको प्रशक्षिण हुने गर्छ । भारोत्तलनका राष्ट्रिय खेलाडी सुवास उपाध्यायले लकडाउनका कारण एक महिनादेखि प्रशिक्षण बन्द भएको बताए । “सामान्य व्यायामहरु घरमै भइरहेको छ”, उनले भने, “नियमित प्रशिक्षण नहुँदा निकै तनाव हुन्छ ।”
खेलाडीहरुले बन्द खुल्दा पुनः शुरुआतदेखि प्रशिक्षणमा होमिनुपर्ने अवस्था आउने उनको भनाइ थियो । यहाँका कुस्ती खेलाडी सुरेश चुनारा पनि घरमा सामान्य प्रकारका खेल गतिविधि गरेर दैनिकी काटिरहेको बताउछन् । “घरबाहिर गएर यस्तो बेला प्रशिक्षण गर्नु भएन”, कुस्तीका अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी चुनाराले भने, “प्रशिक्षण नहुँदा खेल क्षेत्र नै पछि धकेलिने सम्भावना रहन्छ ।” नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसित आबद्ध रहेर कुस्ती खेल्दै आएका चुनारा महेन्द्रनगरमा डेरा गरी बस्दै आएका छन्। गत वर्ष कोरोना शुरु भएयता प्रशिक्षणले राम्ररी उचाइ लिन नसकेको उनको भनाइ छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




