च्याम्पियन म्यानचेस्टर सिटीको फराकिलो जितसँगै उपाधि

-



     सफल आवाज    
     जेठ १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० जेठ । च्याम्पियन म्यानचेस्टर सिटीले प्रिमियर लिग अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा सानदार जीत निकालेको छ । गएराति खेलमा सिटीले एभर्टनलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले २ गोल गरे । यस्तै केभिन डी ब्रुएन, ग्राबियल जिसस र फिल फोडेनले एक एक गोलको योगदान दिए।

फराकिलो जितसँगै सिटीले उपाधि ट्रफी समेत उचालेको छ । उसले यस सिजन ३८ खेलमा ८६ अंक जोड्यो । एभर्टन भने ५९ अंक जोडेर दशौँ स्थानमा रह्यो ।