नेपाल र इराकबीचको मैत्रीपूर्ण खेल आज

-



     सफल आवाज    
     जेठ १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ जेठ । नेपाल र इराकबीच शनिबार मैत्रीपूर्ण फुटबल हुँदैछ ।

खेल इराकको बसरामा रहेको अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपाली समय अनुसार राति सवा १० बजे सुरु हुनेछ ।

मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय टोली बुधबार नै बसरा पुगिसकेको छ ।

फिफा वरीयतामा इराक नेपालभन्दा १ सय ३ स्थान माथि छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ भने नेपाल १ सय ७१ औं स्थानमा छ ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।