
पोखरा १५ जेठ । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन आग्रह गरेकी छन् । १४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै प्रदेश प्रमुख पौडेलले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन आग्रह गरेकी हुन । सन्देशमा उनले जेठ १५ नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन ऐतिहासिक रहेको उल्लेख गर्दैै लोकतन्त्रलाई स्थापित, संस्थागत र सुदृढ गर्नु सबैको कर्तब्य भएको बताइन ।
“नेपालको संविधानले परिकल्पना गरेको संङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुँदै नेपालको भौगोलिक अखण्डता कायम गर्न र राष्ट्रियता सुदृढीकरणका लागि आजको दिनले प्रेरणा दिनेछ भन्ने विश्वास मैले लिएकी छु ।” सन्देशमा भनिएको छ, “यस अवसरमा मुलुको सार्वभौमिकता स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्र्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न सबैको सहभागिताको लागि हार्दिक आव्हान गर्दछु ।”
सन्देशमा प्रदेश प्रमुख पौडेलले सङ्क्रमणबाट सङ्क्रमित भइ उपचारमा रहनुभएका र होम आइशोलेशनमा बस्नु भएकाहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै महामारीको समयमा अग्रपंत्तीमा रही काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षानिकाय तथा कर्मचारीहरूलाई सम्मान गर्र्दै अझ उच्च मनोबलका साथ निरन्तर क्रियाशिल रहन पनि आव्हान गरेकी छन् । उनाँले यस कठिन परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षा तथा उपचार कार्यलाई सहज र सर्वसुलभ बनाउन सम्बन्धित सबैपक्षको ध्यानकार्षण समेत गराएकी छन् ।







काठमाडौं, १३ मंसिर। दोहोरो करसम्बन्धी व्यवस्थाले गर्दा विदेशी लगानी प्रभावित भइरहेको विज्ञहरुले बताएका छन् ।…
काठमाण्डौ १३ मंसिर । अभिनेता महेश त्रिपाठीका पछिल्लो समय एकपछि अर्को फिल्म आइरहेका छन् ।…
काठमाडाैं, १३ मंसिर । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स…
काठमाडाैं, १३ मंसिर । गरिमा विकास बैंक लिमिटेड दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (South Asian… 



