
काठमाडौं, १६ जेठ । आइतबार देशका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रदेश १ र २ का एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखका अनुसार यास चक्रवात पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका अधिकांश भू-भागमा सामान्य बदली भएको छ ।
सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै ठाउँमा तथा अरु प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा भईरहेको छ । प्रदेश १ को तराई भू-भाग र प्रदेश २ को थोरै ठाउँमा मेघगर्जन सहित हल्का वर्षा भईरहेको छ ।
आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, बागमती प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशको एक दुई ठाउँमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र २ का एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ का एक/दुई ठाउँमा भारी वर्षाको समेत सम्भावना छ । सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही ठाउँमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यसैगरी मंगलबार दिउँसो देशका अधिकांश भू-भागमा सामान्य बदली रही केहि ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको एक/दुई ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यस्तै मंगलबार राति देशका अधिकांश भू-भागमा सामान्य बदली रही केहि ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।






काठमाडौं, १३ मंसिर। दोहोरो करसम्बन्धी व्यवस्थाले गर्दा विदेशी लगानी प्रभावित भइरहेको विज्ञहरुले बताएका छन् ।…
काठमाण्डौ १३ मंसिर । अभिनेता महेश त्रिपाठीका पछिल्लो समय एकपछि अर्को फिल्म आइरहेका छन् ।…
काठमाडाैं, १३ मंसिर । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स…
काठमाडाैं, १३ मंसिर । गरिमा विकास बैंक लिमिटेड दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (South Asian… 



