लुम्बिनीमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कांग्रेसका पाण्डे निर्वाचित

-



     सफल आवाज    
     जेठ १७ गते २०७८ मा प्रकाशित



बुटवल, १७ जेठ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्यमा उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन् ।

सोमवार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । विजयी पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

मतदानमा कुल २ सय ९७ मत खसेको थियो । लुम्बिनीमा कुल ३ सय मतदाता रहेका थिए । विजयी पाण्डेको मतभार ५ सय ४६ छ । उनले ४ हजार १ सय ४० मत ल्याएका हुन् । एमालेका खड्काकाे पक्षमा ३ हजार ५ सय ९४ मतभार छ।

स्थानीय तहतर्फ खसेको २ सय १२ मध्ये १ मत बदर भएको थियो । २ सय ११ मतमध्ये पाण्डेले १ सय १८ मत पाए भने एमालेका उम्मेदवार खड्काले ९३ मत ल्याए । प्रदेश सभाका ८३ मतमध्ये १ मत बदर भएको थियो । प्रदेशतर्फ पाण्डेले ४२ मत पाएका थिए भने खड्काले ४० मत ल्याएका थिए।