सांसद पहारीद्वारा स्वास्थ्य सामाग्री सहयोग

-



     सफल आवाज    
     जेठ १७ गते २०७८ मा प्रकाशित



पोखरा, १७ जेठ । गण्डकी प्रदेश सभा सदस्य राजिब पाहारीले कास्कीको अन्नपूर्ण गाँउपालिकामा स्वास्थ सामाग्री हस्तान्तरण गरेका छ्न । उनले ने क पा एमाले अन्नपूर्ण गाउपालिकाका सचिब विवेक देव्कोटा र युबा नेता सुरेन्द्र गुरुङलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

आफ्नो निजि खर्चमा पहारीले अन्नपूर्ण गाउँपालिकाका ११ वटै वडामा कोरोना नियन्त्रणमा सहयोग पुर्याउन ५५ सय सर्जिकल मास्क, ५ सय साबुन, २४ बाेत्तल स्यानिटाइजर, ११ फेसशिल्ड र १० थान पिपिइ सहयोग गरेको उनका स्वकिय सचिब साजन सुबेदीले जानकारी दिए।

सामाग्री हस्तान्तरण गर्दै सांसद पहारीले बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार, राजनीतिक पार्टी जनप्रतिनिधि,समाजका विभिन्न तह र तप्कामा रहेका ब्यक्तित्वहरु र नागरिक लाग्नु जरुरी भएको भन्दै कोरोना भाइरस हामी सबैको साझा समस्या भएकोले नियन्त्रणमा सरकारको मात्रै जिम्मेवारी हाे भनेर नबस्न र सक्दो सहयोगमा जुट्न सबैलाइ आब्हान गरेका थिए ।