एशियन कप छनोटमा नेपालले अस्ट्रेलियासँग खेल्दै

-



     सफल आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ जेठ । फिफा विश्वकप तथा एशियन कप छनोटको अन्तिम खेलमा नेपालले शुक्रबार अस्ट्रेलियासँग खेल्दै छ ।

खेल नेपाली समय अनुसार राति पौने १० बजे जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा हुनेछ ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर, नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी छ ।

नेपाल भन्दा फिफा बरियतामा एक सय ३० स्थान माथि रहेको अष्ट्रेलियासँगको खेल नेपाली टिमका लागि निकै कठिन हुनेछ ।

एशियाली महादेशमा आएपछि विश्वकप खेल्ने नियमित टिम जस्तै बनेको अष्ट्रेलियाले कतार विश्वकपका लागि पनि स्थान बनाइसकेको छ ।

फिफा बरियतामा ४१ औं स्थानमा रहेको अष्ट्रेलिया समूह बीको शीर्ष स्थानमा छ । उसको ६ खेलबाट १८ अंक भएको छ ।