१० खेलाडीमा सीमित नेपाल अष्ट्रेलियासँग ३-० ले पराजित

-



     सफल आवाज    
     जेठ २९ गते २०७८ मा प्रकाशित



विश्वकप छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३-० ले पराजित भएको छ।

पहिलो हाफको अन्तिम मिनेटमा नेपालका डिफेन्डर रोहित चन्द रातो कार्ड खाँदै मैदान छोड्न बाध्य भएका थिए। रोहितले मैदान छोड्नु अघि नै २ गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको हो।

खेलको छैटौँ मिनेटमा अग्रता लिएको अष्ट्रेलियाले ३८ औँ मिनेटमा दोस्रो गोल गरेको थियो। पहिलो हाफको अन्तिम मिनेटमा बल लिएर अगाडि बढिरहेका अष्ट्रेलियाका खेलाडीलाई डिफेन्डर चन्द्रले तानेपछि सोझै रातो कार्ड पाएका हुन्।

अष्ट्रेलियाका थुप्रै प्रहारलाई नेपालका गोलकिपर किरणकुमार चेम्जोङले आकर्षक बचाउ गरेका थिए।

खेलपछि राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपालले सानदार प्रदर्शन गरेको बताएका छन्। उनले नेपालले अष्ट्रेलियाविरुद्ध वीर गोर्खाली जस्तै प्रर्दशन गरेको बताए। १० खेलाडीमा सीमित नेपालको प्रदर्शनको उनले प्रशंसा गरेका हुन्।

‘हामीले गोर्खाली जस्तै खेल्यौं। १० खेलाडीमा सीमित बनेपनि केही फरक परेन’, मुख्य प्रशिक्षक अब्दुल्लाहले भने, ‘खेलाडीले हर सेकेन्ड मेहेनत गरेर खेले।’

शुक्रबार रातिको खेलमा पराजित भएसँगै नेपालको विश्वकप छनोट यात्रा सकिएको छ। नेपाल पहिलो लेगको खेलमा अष्ट्रेलियासँग ५-० ले पराजित भएको थियो।