युरोकपमा इटलीको विजयी सुरुवात, आज तीन खेल हुने

-



     सफल आवाज    
     जेठ २९ गते २०७८ मा प्रकाशित



युरोकप फुटबलमा इटलीले विजयी सुरुवात गरेको छ ।

रोममा शुक्रबार राति भएको उद्घाटन खेलमा टर्कीलाई ३-० ले पराजित गर्दै इटालीले विजयी सुरुवात गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोल गरेपछि इटलीले १-० ले अग्रता बनायो ।

त्यसपछि ६६ औं मिनेटमा इमोबाइलले र ७९ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३-० को जित दिलाए ।

जितसँगै इटालीले ३ अंक जोडेको छ ।

युरोकपमा शनिबार राति तीन खेलहरु हुनेछ ।

पहिलो खेल वेल्स र स्विजरल्याण्डबीच हुनेछ । यो खेल अजरबैजानको बाकुमा बेलुकी पौने ७ बजे सुरु हुनेछ ।

यस्तै अर्को खेलमा डेनमार्क र फिनल्याण्ड राति पौने १० बजे प्रतिस्पर्धा गर्नेछन् भने बेल्जियम र रुसबीचको खेल राति पौने १ बजे हुनेछ ।