युरोकपमा बेल्जियमको विजयी सुरुवात

- रुस ३-० ले पराजित

-



     सफल आवाज    
     जेठ ३० गते २०७८ मा प्रकाशित



युरोकप फुटबलमा बेल्जियमले विजयी सुरुवात गरेको छ।

शनिबार राति भएको खेलमा बेल्जियमले घरेलु टिम रुसलाई ३-० ले पराजित गरेको हो।

सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई तथा थोमस मुनिएरले एक गोल गरे।

लुकाकुले खेलको दशौँ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए।

त्यसपछि ३४ औं मिनेटमा थोमसले र ८८ औं मिनेटमा फेरि लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३-० को जित दिलाए।

जितसँगै बेल्जियमले युरोकपको पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ।

समूह ‘बी’ मा रहेको बेल्जियम शीर्ष स्थानमा छ। ३ अंक नै जोडेको फिनल्याण्ड भने दोस्रो स्थानमा छ।