युरोकपमा फिनल्याण्डको विजयी सुरुवात

- डेनमार्क १-० ले पराजित

-



     सफल आवाज    
     जेठ ३० गते २०७८ मा प्रकाशित



युरोकप फुटबलमा फिनल्याण्डले विजयी सुरुवात गरेको छ।

कोपनहेगनमा शनिबार राति भएको खेलमा डेनमार्कलाई १-० ले पराजित गर्दै फिनल्याण्डले विजयी सुरुवात गरेको हो।

खेलको ५९ औं मिनेटमा फिनल्याण्डका जोएल पोहनपालोले ष्रेको गोल नै निर्णायक बन्यो।

फिनल्याण्डले पहिलो पटक युरोकप खेलेको हो।

जितसँगै समूह ‘बी’ को फिनल्याण्डले ३ अंक जोडेको छ।