बारबोराले जितिन् फ्रेन्च ओपन टेनिसको उपाधि

-



     सफल आवाज    
     जेठ ३० गते २०७८ मा प्रकाशित



बारबोरा क्रेजसिकोवाले फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी छिन्।

ग्रान्ड स्लामको फाइनलमा पहिलो पटक पुगेकी क्रेजसिकोवाले अनासतासिया पावलुचेन्कोवालाई ६-१, २-६, ६-४ को सेटमा पराजित गरिन्।

ग्रान्स स्लामको डबल्समा पाँच पटक जित हात पारेकी उनले एकलमा भने पहिलो जित निकालेकी हुन्।

यसअघि उनले ग्रान्डस्लामको एकल स्पर्धामा दोस्रो चरण पनि पार गर्न सकेकी थिइनन्।

ग्रान्स स्लामको एकल प्रतियोपगितामा ६ वर्षयता नयाँ अनुहार विजयी हुँदै आएको छ।