फ्रेन्च ओपन टेनिसको उपाधि जोकोभिचलाई

-



     सफल आवाज    
     जेठ ३१ गते २०७८ मा प्रकाशित



सर्बियाका नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन्।

आइतबार राति भएको पुरुष एकलको फाइनलमा ग्रिसका स्टेफानोस सिसिपासलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन्।

उनले ६-७, २-६, ६-३, ६-२ र ६-४ को सेटमा जित आफ्नो पक्षमा पारे।

यससँगै जोकोभिचले दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका छन्। यसअघि उनले सन् २०१६ मा पहिलोपटक यो प्रतियोगिता जितेका थिए।

जोकोभिचको यो १९ औं ग्राण्डस्लाम उपाधि हो ।

महिलातर्फको उपाधि भने चेक रिपब्लिककी बारबोराले जितेकी छिन् ।