
पोखरा, ३१ जेठ । पटक पटक विवादमा तानिने एक पात्र हुन्, दीपक मनाङे । गण्डकी प्रदेशसभामा डेढ महिना अवधिमा ३ पटक मन्त्री बनिसकेका राजीव गुरुङ अर्थात दीपक मनाङे पछिल्लो अभिव्यक्तिले फेरि सतहमा आएका छन् । उनको अभिव्यक्तिलाई लिएर कारबाही गर्नुपर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले माग गरेको छ ।
परिषद्का निमित्त सदस्य–सचिव पुरेन्द्रविक्रम लाखेद्वारा सोमबार विज्ञप्ति जारी गर्दै मन्त्री राजीव गुरुङबाट अभिव्यक्त भएको अराजक एवं अशिष्ट भनाइबाट राष्ट्रिय खेलकुद परिषद् स्तब्ध भएको र कानुनी कारबाही गर्न माग गरिएको हो ।
विज्ञप्तिमा भनिएको छ,‘गण्डकी अनलाइन न्युज टेलिभिजनमा अन्तर्वार्ता दिनेक्रममा गण्डकी प्रदेश सांसद एवं मन्त्री राजीव गुरुङबाट राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालज्यू तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङज्यूको नाम लिएर अत्यन्त अमर्यादित अशोभनिय लाञ्छनायुक्त एवं घोर निन्दनीय अभिव्यक्ति सार्वजनिक भएको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । प्रजातान्त्रिक एवं सभ्य समाजले पचाउन नसक्नेखालको अभिब्यक्ति एउटा जनप्रतिनिधि एवं माननीय मन्त्रीज्य बाट बाहिर आउनु आफैमा खेदजनक रहेको छ।’
खेलकुद विकास र विस्तारमा अनवरत लागिरहेका सिलवाल र गुरुङ उपर यस्ता अभिब्यक्ति आउनु सम्पूर्ण खेलजगतको अपमान भएको महसुस गर्दै सो भनाइले सम्पूर्ण नेपाली खेलकुद क्षेत्रको मानहानी भएको ठहर गर्दै दोषी उपर प्रचलित नेपाल कानून बमोजिम कानूनी कार्वाहीको समेत माग गर्दछौं भनिएको छ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




