
काठमाडौं, १ असार । युरोकप–२०२० अन्तर्गत आज समूह एफका २ खेल हुँदैछन् । विश्वविजेता तथा युरोकपको साविक उपविजेता फ्रान्स र विश्वकप र युरोकपको पूर्वच्याम्पियन जर्मनीबीच भिडन्छ हुँदैछ । अर्को खेलमा साविक विजेता पोर्चुगल र हंगेरीबीचको खेल पनि आजै हुँदैछ।
गु्रप अफ डेथ भनिएको समूह एफमा युरोकपको साविक विजेतासहित ३ पूर्व विजेता छन् । त्यसैले यस समूहको प्रत्येक खेल हेर्न लायक हुने अपेक्षा छ ।
यस समूहमा जर्मनी र हंगेरी आयोजकको रुपमा छ । जर्मनीले घरेलु मैदानमा समूहको तीनवटै खेल खेल्ने अवसर पाउनेछ । यस्तै हंगेरीले २ खेल घरेलु मैदानमा खेल्नेछ ।
विश्वविजेता फ्रान्स र जर्मनीबीचको खेल राति नेपाली समयअनसार १२ः ४५ बजे जर्मनीको घरेलु मैदान म्युनिख एरेनामा हुनेछ । जर्मनी र फ्रान्सबीचको खेल बहुप्रतिक्षित खेलको रुपमा पनि रहेको छ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




