
काठमाडौं, ५ असार । यूरोकप अन्तर्गत शुक्रबार रातिको खेलमा पोर्चुगल पराजित भएका छन् । जर्मनीसँगको खेलमा सुरुआतमै अग्रता लिए पनि अन्ततः २–४ गोलअन्तरमा पोर्चुगल पराजित हुन पुग्यो । समूह डीको दोस्रो खेलमा जर्मनीले पोर्चुगलमाथि फराकिलो जित दर्ता गर्न सफल भयो ।
१४ औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोलको खाता खोलेका थिए । तर ३५ औं मिनेटमा जर्मनी बराबरी खेल्यो । रोबिन गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको क्रस डियासलाई लाग्दै गोल भएको थियो । त्यसको ३ मिनेटपछि नै जर्मनीले आत्मघाती गोलमा अग्रता लियो । जोशुवा किम्मिखको क्रसमा राफेल गुरेरोको क्लिअरेन्स गर्ने प्रयास आफ्नै पोस्टमा छिरेपछि पोर्चुगल पछि परेको थियो ।
पहिलो हाफ २–१ मा सकिएकोमा खेलको ५१ औं मिनेटमा जर्मनले फेरि अग्रता बढायो । हाभट्र्जले स्कोर ३–१ बनाए । फेरि ६० औं मिनेटमा रोबिन गोसेन्सले जर्मनीलाई ४–१ मा पुर्याए । ६६ औं मिनेटमा पोर्चुगलले गोल गर्दै गोलअन्तर घटाएको थियो । गुरेरोको फ्रिकिकलाई रोनाल्डोले फार पोस्टबाट जोगाएपछि आएको पासमा जोटाले गोल गरेका थिए।

जर्मनी जितसँगै समूहको दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीसँग समान ३ अंक भएपनि हेड टु हेडमा पोर्चुगल तेस्रो स्थानमा छ । २ खेलमा ४ अंक जोडेको फ्रान्स शीर्षमा छ । हंगेरी १ अंक जोड्दै चौथो स्थानमा छ ।
शनिबार नै भएको अर्को खेलमा फ्रान्स र हंगेरीको खेल १–१ बराबरीमा सकिएको छ । घरेलु टोलीसँग १–० ले पछि परेको अवस्थामा एन्टोइन ग्रिजमनले दोस्रो हाफमा गोल गर्दै फ्रान्सलाई हारबाट जोगाए ।
पहिलो हाफको इन्जुरी टाइममा एटिला फिओलाले गोल गर्दै हंगेरीलाई १–० को अग्रता दिलाएका थिए । राफयल भरानको कमजोर क्लियरेन्समा रोलान्ड सल्लाईले काउन्टर अट्याकमा अघि फालेको बलमा एटिला फिओलाले गोल गर्न सफल भएका थिए।
६६ औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् । कप्तान तथा गोलरक्षक ह्युगो लोरिसको फालेको लामो पास ग्रिजमनले जाली चुमाएका थिए।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




