
काठमाडौ, १० असार । युरोपेली च्याम्पियनसिपअन्तर्गत साविक विजेता पोर्चुगलले समूह एफको अन्तिम खेलमा फ्रान्सलाई बराबरीमा रोकेको छ । पोर्चुगलले २-२ को बराबरीमा रोक्न सफल भयो।
यस बराबरीसँगै फ्रान्स समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । अपराजित फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो । पोर्चुगल भने ३ खेलमा ४ अंकसाथ तेस्रो स्थानमा रहयो । जर्मनीले आफ्नो खेलमा हंगेरीसँग २-२ को बराबरी खेलेपछि ४ अंक जोड्दै दोस्रो भयो । समान अंक भएपनि हेड टु हेडमा पोर्चुगल तेस्रो भएको हो । ३ खेलमा २ अंक जोडेको हंगेरी भने समूह चरणबाट नै बाहिरियो ।
पोर्चुगलले फ्रान्सविरुद्ध कप्तान क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमा अग्रता लिएको थियो ।
पेनाल्टीमा करीम बेन्जेमाले सहजै गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । दोस्रो हाफमा पोर्चुगलका लागि रोनाल्डो पेनाल्टीमा थप अर्को गोल र फ्रान्सका लागि करीम बेन्जेमाले थप गरेका हुन् । यसरी निर्धारित ९० मिनेटको समय बराबरीमा रोकिएको हो।
युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह चरणको खेल समाप्त भएसँगै अन्तिम १६ को खेल समीकरण पनि पूरा भएको छ।
अन्तिम १६ मा पुग्ने टोली :
समुह ए : इटाली, वेल्स र स्विट्जरल्यान्ड (टर्की बाहिरियो)
समूह बी : बेल्जियम र डेनमार्क (फिनल्यान्ड र रसिया बाहिरिए)
समूह सी : नेदरल्यान्ड्स, अष्ट्रिया र युक्रेन (नर्थ म्यासेडोनिया बाहिरियो)
समूह डी : इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक (स्कटल्यान्ड बाहिरियो)
समूह ई : स्वीडेन र स्पेन (स्लोभाकिया र पोल्यान्ड बाहिरीए)
समुह एफ : फ्रान्स, जर्मनी र पोर्चुगल (हंगेरी बाहिरियो)








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




