
काठमाडौं, १५ असार । इङ्ल्याण्ड यूरोकपको क्वार्टरफाइनल पुगेको छ । घरेलु मैदान वेम्बलीमा उपाधि दाबेदार जर्मनीलाई २–० गोलअन्तरले हराउँदै इङल्यान्डले अन्तिम ८ मा आफूलाई पक्का गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरी खेलेकोमा दोस्रो हाफको अन्त्यतिर जर्मनी सम्हालिन नसक्दा उपाधि दावेदारीबाट बाहिरिन पुगेको हो । इङ्ल्याण्डलाई जिताउन रहिम स्टर्लिङ र ह्यारी केनले गोलको योगदान दिएका हुन् । उसले अब सेमिफाइनल प्रवेश गर्न युक्रेन र स्वीडेनको विजेतासँग खेल्नेछ।
दोस्रो हाफको सुरुवातमा जर्मनीले केही दबाब राखेप पनि खेल अघि बढ्दै जाँदा इङ्याण्ड खेलमा फर्किएको थियो । ७५ औं मिनेटमा इङ्ल्यान्डले स्टर्लिङको गोलमा अग्रता लियो । स्टर्लिङ आफैंले सुरु गरेको आक्रमणमा केन र ग्रिलिस हुँदै लुक शाको अन्तिम क्रसलाई उनले गोलमा परिणत गरेका थिए । शाले बायाँ विंगबाट गरेको लो क्रसमा २ डिफेन्डरसँगै गोलरक्षक नोएर बिट भएपछि स्टर्लिङले सहजै गोल गरेका थिए।
८१ औं मिनेटमा थोमस मुलरले गोल गर्ने सुवर्ण अवसर गुमाउँदा जर्मनीले खेल बराबर गर्न सकेन । त्यसको ७ मिनेट नबित्दै कप्तान केनले गोल गर्दै इङ्यान्डको गोलअन्तर दोब्बर पारेका थिए।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




