
पोखरा, २ असोज । पोखरामा आजदेखि ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग सुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा पोखरा रङ्शगालाभित्रको बहुउद्देश्यीय कर्भडहलमा सञ्चालन भएको आजको खेलमा गण्डकी प्रदेशको स्पोर्टस् क्यासल पोखरा र दी राइजिङ धरानले विजयी सुरुआत गरेका छन् ।
खेलमा स्पोर्टस् क्यासलले प्रभातफेरी युथ क्यासललाई ७–० गोलअन्तरले पराजित गर्न सफल भयो । स्पोर्टस् क्यासलका सुमित श्रेष्ठ र खिमराज गुरुङले समान दुई गोल तथा किशोर गुरुङ, दीपेश घले र विजय गुरुङले एक÷एक गोल गरे । यसैगरी दी राइजिङ धरानले मच्छिन्द्र स्काइ गोललाई ५–४ गोलअन्तरले पराजित गरी जितको खाता खोल्न सफल भयो । राइजिङका रिओस मास्केले दुई र मिलन लिम्बू, दोर्जे तामाङ र सुदीप गुरुङले एक÷एक गोल गरे । मच्छिन्द्रका श्रीकृष्ण श्रेष्ठले ह्याट्रिक गरे पनि टोलीलाई जिताउन सकेनन्
नेपालमा पहिलोपटक आयोजना गरिएको फुटसल लिगमा देशका सात प्रदेशबाट गरी १० टोलीले सहभागिता जनाएका छन् । खेल राउण्ड रोविन प्रणालीका आधारमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताले फुटसल खेलको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने एन्फा फुटसल कमिटीका संयोजक रत्नकुमार श्रेष्ठले बताए ।
लिगको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिने बताइएको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




