
पाेखरा, १६ असाेज । पोखरा हक्की क्लवको आयोजनामा पोखरा रंगशालामा आजदेखि हक्की प्रतियोगिता हुँदैछ । भिन्तुना हक्की टिमलाइ ग्रीन सिटि सर्भिसेज प्राइभेट लिमिटेड तथा पोखरा प्रीफेब हाउसको साथ रहेकाे प्रा. लि. का अध्यक्ष राजु कायस्थले बताए ।
एक कार्यक्रमकाबिच कायस्थले क्लबको जर्सी सार्वजनिक गरेकाे बताइएकाे छ । प्रतियोगितामा भिन्तुना हक्की टिम, आयोजक पोखरा हक्की क्लवको तिन टिम सहित घारीपाटन हक्की क्लव, भेटरान्स हक्की क्लवको सहभागिता रहेकाे छ । आयोजकको टिममा भने दुई वटा महिला टिमको सहभागिता रहेकाे छ । महिला टिम समेत पुरुष टिमसंग भिड्नेछन् ।
लिग कम नक आउटका आधारमा खेलाइने उक्त प्रतियोगिताबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट समेत गरिने भएको आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता टिम तथा खेलाडीलाई कप, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक राजन श्रेष्ठले बताए।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




