
काठमाडौं, ३० असोज । नेपाली फुटबल टीमका लागि आजको दिन ऐतिहासिक अवसर पाएको दिन हो । साफ च्याम्पियनसिपमा बलियो पकड मानिएको भारतीय फुटवल टीमलाई फाइनलमा हराउन सके नेपाली टीमले साफमा इतिहास रच्नेछ ।
उसो त नेपालले साफ च्याम्पियनसिपको फाइनलमा गएर इतिहास बनाइसकेको छ । यदि फाइनलमा नतिजा आफ्नो पक्षमा पार्यो भने इतिहास नै बनाउने छ । यसभन्दा अघि नेपाल फाइनलमा पुगेको थिएन ।
नेपालले राउण्ड रोबिनको आधारमा खेलाईएको खेलमा दुईमा जित हात पारेको थियो । एउटा खेल बरारी खेलेको थियो भने एकमा हार व्यहोरेको थियो । नेपालले आयोजक माल्दिभ्स र श्रीलंककालाई पराजित गरेको थियो । अंकको आधारमा नेपाल फाइनलका लागि सुरक्षित भएको हो ।
भारत साफको बलियो टीम हो । उक्त टीम १२ पटक फाइनलमा पुगेको छ भने ७ पटक उपाधि पनि चुमिसकेको छ । १३ औं साफमा नेपालले भारतलाई २/१ ले हराएको थियो । माल्दिभ्सको खेल मैदानमा आज हुने फाइनल खेलका लागि नेपाल खेलाडीहरु इतिहास बनाउने दाउमा रहनेछन् भने भारत आठौं पटक उपाधि जित्ने हाेडमा छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




