माउन्ट अन्नपूर्ण माविको ‘बालबालिकाका लागि खेलकुद’ कार्यक्रम आजबाट शुरु, सह्रानिय कार्य : मुल्मी

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७८ मा प्रकाशित



पोखरा, ३ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले शिक्षाका साथसाथ खेलकुदलाई विद्यालय तथा टोल टोलबाट माथि लैजान आवश्यक भएको बताएका छन् ।

पोखरा नदीपुरस्थित पश्चिमाञ्चलको पहिलो निजि विद्यालय माउन्न अन्नपूर्ण माविले आजदेखि कात्तिक ८ गतेसम्म आयोजना गरेको “वालवालिका लागि खेलकुद अर्थात स्पोट्स फर चिल्ड्रेन” कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मुल्मीले खेलकुदको माध्यमबाट छिमेकीसंग हातेमालो गर्न, मैत्रीपूर्ण व्यवहार गर्न,स्वस्थता र एकताको बलियो सन्देश दिएको बताए ।

मुल्मीले आफु हुर्केको ठाउँमा र देशको लागि शिक्षाकासाथ जोसजाँगर लगाएर, लगनशिल भएर खेलकुदका विभिन्न विधाका खेलहरु खेल्न र सिप आर्जन गर्न सुझाए । हामीले सानैदेखि राम्रो बिचार लिएर जानुपर्छ, अनुशासन, मेहनत र एकताले असल मान्छे बन्ने भएकोले विद्यालयले लिएको “छिमेकी अन्नपूर्ण” को खेलकुद अभियान महत्वपूर्ण भएको बताए ।

विद्यालयले छिमेकीसंग मैत्रीपूर्ण व्यवहार गर्नका लागि, सद्भाव जित्नका लागि गरेको प्रगति हाम्रै समाजको, देशको सम्पति भएको बताए । मुल्मीले भने, अहिले देखिनै सिक्ने हो र हामीले जीवनभरी सिकिरहनु पर्ने भएकोले जहिले तत्पर भएर लागिरहनु पर्छ । अन्य विद्यालयका विद्यार्थी र आफ्नै विद्यालयका विद्यार्थीलाई एउटै थलोमा जम्मा गराएर खेलकुदको माध्यमबाट एकतामा बाँध्ने काम सह्रायिन भएको बताए । उनले भने, कसैले गर्नुपथ्र्यो, त्यो काम माउन्ट अन्नपर्णले गरेर देखाएको छ त्यसका लागि आभार व्यक्त गर्दछु ।

राष्ट्रिय खेलकुद परिषद गण्डकी प्रदेशका सदस्य सचिव तेज बहादुर गुरुङले खेदकुदको माध्यमबाट वालवालिकालाई टोलमा र छिमेकीमा घुलमिल गराउने र खेलकुदको उत्सव मनाउन विद्यालयले लिएको नीति साह्रै राम्रो भएको बताए । उनले भने, हामी चुप लागेर बस्नु हुँदैन वालबच्चाको शिक्ष अनि स्वास्थ्यका लागि माउन्ट अन्नपूर्ण माविले ८ वर्षदेखि १४ वर्षसम्मका विद्यार्थी तथा अन्य विद्यालयका विद्यार्थीहरुलाई खेलसंगै मिलनको थलो बनाएको छ सबै सहभागि बनौं ।

विशेषगरी वडा नं २ र ३ का विद्यार्थीहरु जुनसुकै विद्यालयका भएपनि उनीहरुले आफ्नो प्रतिभा देखाउन सक्ने, साथीहरुबीच घुलमिल गराउने र खेलको माध्यमबाट स्वस्थ रहन यसले सघाउने बताए । हामीले विद्यार्थीलाई अवसर ल्याएका छौं, आजददेखि कात्तिक ८ गतेसम्म विहान ७ देखि ९ वजेसम्म चाहेको खेल खेल्न सक्नेछन् । साथै शनिबार र बिदाका दिनमा यो अवसर कायम रहने उनले बताए ।

वालवालिकालाई बास्केटबल, ह्याण्डबल, फुटबल, लङजम्म, हाइजम्म, जुम्बा, यागा, तेक्वान्दो लगायतका खेलहरु सिकाईने र खेलाईने बताइको छ । यो कार्यक्रम गर्नु स्वस्थताका लागि त हुँदै हो । अर्को कुरा साथीहरुबीच एकताभाव पैदा गराउँछ र विद्यार्थीलाई सोच्नसक्ने, पढ्नसक्ने र सक्रिय भईरहन सघाउँछ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विद्यालयका शिक्षा संयोजक ध्रुव पोखरेलले गरेका थिए ।