राखेपका सदस्य सचिव घिसिङलाई कामकाज नगर्न सर्वोच्चको आदेश

-



     सफल आवाज    
     मंसिर २९ गते २०७८ मा प्रकाशित



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ तत्काल कामकाज नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश गरेको छ ।

बुधबार न्यायाधीश हरिप्रसाद फुयाँलले सो आदेश दिएका हुन् । यसअघिका सदस्य सचिव रमेश कुमार सिलवालले दायर गरेको रिटमा सुनुवाइ गर्दै फुयाँलले अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई झिकाउन आदेश दिएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले सदस्य सचिव नियुक्त गरेका सिलवालले आफ्नो कार्यावधि नपुगेरै वर्तमान सरकारले हटाउने निर्णय गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।