वात्सल्य नेचुरल आईभीएफद्वारा चार स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिने

-



     सफल आवाज    
     पौष १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ मंसिर । वात्सल्य नेचुरल आईभीएफले देशका चार स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । ७० प्रतिशतसम्मको आईभीएफ सफलतादर हासिल गर्दै आएको, सहयोगी प्रजनन उपचार विधिमा अग्र, वात्सल्य नेचुरल आईभीएफले देशभर चार स्थानमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको हो ।

नि:सन्तानसम्बन्धि संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै आएको यस क्लिनिकले सेवाग्राहीको मागलाई मध्यनजर गर्दै प्रजनन् सम्बन्धि आधुनिक चिकित्सामा सर्वसाधारणको पहुँच बढोस् भन्ने हेतूले पोखरा, विर्तामोड, नेपालगञ्ज र जनकपुरमा एक-एक दिनको शिविर सञ्चालन गर्ने भएको हो ।

शिवरमा वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको संलग्नता रहनेछ । शिविरमा सेवाग्राहीहरुले आफ्नो प्रजनन् अवस्थासम्बन्धि छलफल गर्न तथा नि:सन्तान हुनुको कारण पहिचान गर्न सक्ने छन् भने सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गर्न सक्नेछन् । पूर्ण परीक्षण पश्चात आईभीएफ नै गर्नुपर्ने भएमा विशेष छुटको व्यवस्था पनि गरिएको छ ।

शिविर तालिकाअनुसार पौष ३ गते शनिबार मेघा हेल्थकेयर सभागगृह चौक पोखरामा शिविर सञ्चालन हुने भएको छ । त्यस्तै पौष १० गते शनिबार निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिक विर्तामोड झापा, पौष १७ गते शनिबार वात्सल्य हेल्थकेयर नेपालगञ्ज शाखा र बीटीएस चौक नेपालगञ्ज नर्सिंङ होम अगाडि र पौष २४ गते शनिबार प्रदीप क्लिनिक हस्पिटल रोड वार्ड ६, जनकपुर (जनकपुर प्रादेशिक अस्पतालको अगाडि) सञ्चालन हुने बताइएको छ । शिविरका लागि समय बिहान १० बजेदेखि तेकिएको छ भने ९८०१८२३४०१/९८०२३२०९९१ मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ ।