
काठमाडौं, १ पुस । महिलाको स्वास्थ्य पुरुषको तुलनामा अलि बढी सम्वेदनशील हुन्छ । जसकाकारण पुरुषमा भन्दा केही बढी स्वास्थ्य समस्या महिलामा देखिने गर्छ । यसमा पनि प्रजनन उमेर समूहका महिलालाई सामान्यदेखि जटिल स्वास्थ्य समस्याले सताई नै रहन्छ ।
महिलाहरुसँग जोडिएका थुप्रै स्वास्थ्य समस्याहरु मध्येको एक हो, पाठेघरको समस्या । विवाहित महिला हुन् या अविवाहित किशोर सबैमा पाठेघरको समस्या भएको पाइन्छ । समान्यतया ५० देखि ५५ वर्ष नाघेका महिलामा मात्रै पाठेघरको समस्या पैदा हुन्छ भन्ने हाम्रो प्रचलन छ । उनीहरुमा महिनावारी बन्द भएको कारणले यस्तो समस्या आउने गर्छ । तर, २० देखि ४० वर्षका महिलामा यस्तो समस्या आउनुका कारणहरु कब्जियत, ग्यास्ट्रिक, शारीरिक व्यायाम नगर्नु, मोटोपन, धेरै कसिलो कपडा लगाउनु, धेरै औषधि प्रयोग गर्नु आदि रहेका छन् ।
पाठेघरको समस्या भएको कसरी पत्ता लगाउने ?
नेपालका महिलामा पाठेघरको मुखको क्यान्सर जटिल समस्याका रूपमा देखा परेको छ । यतिसम्म कि महिलामा देखिएको क्यान्सरमा सबैभन्दा बढी यसैको समस्या भएको पाइन्छ । उमेर नपुग्दै विवाह भएका, यौनसम्पर्क राखेका, धेरै पुरुषसँग शारीरिक सम्बन्ध राख्ने, धेरै सन्तान जन्माउने महिलामा यस्तो क्यान्सर हुन सक्छ ।
त्यस्तै, लगातार पेट दुखेमा, ग्यास भरिने तथा कब्जियत भएमा, कम्मरको दुखाई बढेमा, यौनांग चिलाउने र पोल्ने भएमा यौन सम्पर्क राख्दा पीडा भएमा बारम्बार पिसाब आएमा पखाला र बान्ता आएमा पाठेघरको समस्या हुने गर्छ । पाठेघरको समस्या पत्ता लगाउन गाह्रो छैन । चाडै नै पत्ता लगाउन सकिन्छ । जसका लागि पिसाबको परीक्षण गर्ने, पाठेघरको मुखको पानीको जाँच गर्ने, अल्ट्रासाउण्ड, सिटीस्क्यानको माध्यमबाट आइभीयू वा एक्सरे गराएर पत्ता लगाउन सकिन्छ ।
यस्ता छन् रोकथामका उपाय
पाठेघरको मुखको क्यान्सरका रोकथामको लागि समय समयमा आइभीएफ परीक्षण गर्ने गर्नुपर्दछ । त्यस्तै, चिकित्सकको सल्लाहअनुरुप स्वास्थ्य परीक्षण गर्ने, सानो उमेरमा विवाह नगर्ने, धेरै सन्तान नजन्माउने र यौन सम्बन्ध सुरक्षित बनाउनुपर्छ । सकेसम्म एक जनासँग मात्र यौन सम्बन्ध कायम राख्दा उपयुक्त हुन्छ । समय–समयमा रगत परीक्षण गर्ने, आफ्नो यौन साथीको स्वास्थ्यबारे जानकारी लिनेसमेत गर्नुपर्छ ।
त्यस्तै, शरीरको सरसफाइमा ध्यान दिनुपर्छ । खासगरी महिनावारीको समयमा संक्रमण हुन सक्ने सम्भावना बढी रहने हुँदा सरसफाइमा ध्यान दिन आवश्यक हुन्छ । पोषणयुक्त खानेकुरा सेवन गर्नुपर्छ । विवाहित महिलाले वर्षमा एकपटक पाठेघरको पानी जाँच गराउनुपर्छ । जसले गर्दा संक्रमण भएको पत्ता लाग्नुका साथै क्यान्सर हुनबाट बच्न पनि सकिन्छ । संक्रमणको लक्षण देखिएमा सकेसम्म छिटो चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ । यसको उपचार समयमा नहुँदा महिलाहरू क्यान्सरको सिकार हुन सक्छन्, त्यसैले समयमै सचेत हुन जरुरी छ ।
सन्तुलित भोजनमा फलफूल, हरियो सागपात प्रशस्त मात्रामा खाने र दैनिक व्यायाम पनि गर्नुपर्दछ । यसका साथै हेपाटाइटीस बी विरुद्धको खोप लगाउने र ह्युमन प्यापिलोमा भाइरस खोप लगाउनाले पनि पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिन्छ । त्यस्तै, गन्हाउने पानी बग्ने, महिनावारी अनियमित हुने, महिनावारी बन्द भइसकेको महिलाहरुमा पुनः रगत देखा पर्ने, यौन सम्पर्कपछि रगत देखापर्ने जस्ता लक्षण देखा परेमा तुरुन्तै परीक्षण गर्न जरुरी हुन्छ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




