
काठमाडौं, २ पुस । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट पाँचौँ चरणका खेल हुने भएका छन् । तीन चरणको खेल तालिका सार्वजनिक हुँदा मनाङका तीन खेल पोखरामा हुँदैछन् ।
शुक्रबारबाट सहिद स्मारक ए डिभिजन लिगमा पाँचौं चरणका खेल हुँदा दिनको पहिलो खेलमा सातदोबाटो युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दैछ । अन्डरडगको रुपमा हेरिएको सातदोबाटो क्लब विभागीय बलियो टोलीलाई रोक्दै अंकका लागि खेल्दा आर्मीले एएफसी कपको छनोट चरण खेल्ने लक्ष्य लिएर स्पष्ट तीन अंकका लागि खेल्दैछ ।
आर्मीलाई रोक्दै तीन अंकका लागि खेल्ने सातदोबाटो युथ क्लबका सहायक प्रशिक्षक सुरज महर्जनले बताएका छन् । लिगअन्तर्गत दिनको दोस्रो खेलमा सङ्कटा र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




