
काठमाडौं, ५ पुस । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय टोली एपिएफ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो ।
यो जितसँगै एपिएफ पाँच खेलमा चार अङ्क जोड्दै लिगको ११औँ स्थानमा उक्लेको छ । एपिएफको जितमा आशिष लामाले दुई गोल गरे भने बिक्की तामाङले एक गोल गरे । पराजित फ्रेन्ड्सका लागि भने प्रिजेन तामाङले एक गोल फर्काए । एपिएफले खेलको ३०औँ मिनेटमा गोल गर्दै सुरुआती अग्रता लियो । कप्तान नवीन लामाको पासमा पेनाल्टी एरियाको ठिक बाहिरबाट बिक्कीले उत्कृष्ट गोल गरे ।
खेलको ३२औँ मिनेटमा आशिषले गोल गर्दै एपिएफलाई २–० को अग्रता दिलाए । कप्तान नवीन लामाकै पासमा उनले गोल गरेका थिए । त्यस्तै खेलको ५६औँ मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई ३–० को अग्रता दिलाए । खेलको ६९औँ मिनेटमा प्रिजेनले पेनाल्टीमा गोल एक सान्त्वना गोल फर्काए ।
एपिएफका दिपेश धिमालले पेनाल्टी एरियाभित्र जमुल एन्थोनीलाई फाउल गरेपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो । पाँच खेल खेलेको फ्रेन्ड्स दुई अङ्कका साथ लिगको अन्तिम स्थानमा छ । खेलमा एपिएफका आशिष लामा म्यान अफ दि म्याच घोषित भए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




