सेन्ट्रल जोन महिला भलिबल : नेपालको लगातार दोस्रो जित

-



     सफल आवाज    
     पौष ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ पुस । एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । बंगलादेशको ढाकामा भइरहेको खेलमा महिलातर्फ नेपाली टोलीले लगातार दोस्रो जित निकालेको हो ।

शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो । नेपालले माल्दिभ्सलाई २५-११, २५-९, २५-५ सेटमा पराजित गरेको हो ।

दुई जितपछि नेपाल ५ अंक जोडेर अंक तालिकामा शीर्ष स्थानमा छ । पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-२ को सेटमा जित हात पारेको थियो ।