
पोखरा १९ पुस । एसिएन सिनियर सेन्ट्रल जोन महिला भलिबल विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ ।
प्रदेश यूवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा टिम क्याप्टेन अरुणा शाही, उषा भण्डारी, शान्तिकुमारी थारु र सोफिया पुनलाई प्रतिव्यक्ति रु ५० हजार र सम्मानपत्रले सम्मान गरिएको हो । चारैजना खेलाडीले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरेका थिए ।
उनिहरुलाई यूवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ लगायतले सम्मान गरे ।
कार्यक्रममा बोल्दै यूवा तथा खेलकुदमन्त्री राजीव गुरुङले खेलाडीहरुले उपाधि जितेर देशको शिर उचो राख्ने काम गरेको बताउदै मन्त्रालयले सदैव खेलाडीहरुको हकहितमा काम गर्ने बताए । आगामी बजेटमा खेलकुदलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ ।
परिषद्का सदस्य सचिव गुरुङले भलिबल नेपालको निकै लोकप्रिय खेल भएको उल्लेख गर्दै खेल संस्कृतिको अभिवृद्धिमा आफूहरुको जोड रहेको बताए । उनले उज्वेकिस्तान जस्तो बलियो टिमलाई हराएर उपाधि जित्न सफल भएको भन्दै खेलाडीहरुको प्रशंसा गरे । उनले नवौं राष्ट्रिय खेलकुदमा पनि उपाधि जित्ने उद्देश्यका साथ अभ्यास गर्न खेलाडीहरुलाई आग्रह गरे ।
त्यस्तै टिम क्याप्टेन शाहीले सम्मानले आफूहरुलाई हौसला मिलेको तर यतिले मात्र पर्याप्त नहुने भएकाले सरकारले खेलाडीहरुको वृत्ति विकाशका लागि अझै लगानी गर्नुपर्नेमा जोड दिइन् । गत मंगलबार बंगलादेशको ढाकामा सम्पन्न फाइनल खेलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




