
काठमाडौं, १८ माघ । नेपाल र मोरिससबीचको आज भएकाे दाेश्राे मैत्रीपूर्ण खेल पनि नेपालले जितेको छ । नेपालले मोरिससलाई १, ० ले पराजित गरेको हो ।
खेलको १० औं मिनेटमा सुजल श्रेष्ठले गरेको १ गोल नै निर्णायक गोल भयो । नेपालका लागि उनको यो तेश्रो अन्तर्राष्ट्रिय गोल हो । सन् २०१६ मा उनले एएफसि सोलिडारिटी कपको दौरानमा २ गोल गरेका थिए ।
आजको खेलमा भएको जितसंगै नेपालले मैत्रीपूर्ण दुई खेल आफ्नो पक्षमा पार्न सफल भएकाे छ । यसअघिको पहिलो खेलमा पनि नेपाल १, ० ले विजयी भएको थियो ।
मैत्रीपूर्ण खेल भएता पनि आजको खेल तनाब र दबाबपूर्ण रहेको थियो । खेल सकिन २० मिनेट बाँकी छँदा दुबै टीमका खेलाडीबीच धकेलाधकेलको स्थिति थियो । सो क्रममा दुबै तर्फका खेलाडीलाई रेफ्रि नबीन्द्र महर्जनले रातो कार्ड देखाएका थिए । मोरिससका एडरिन बोटबर र नेपालका पुजन उपरकोटीले एकैपटक रातोका कार्ड पाएका हुन । रातो कार्ड पाउने नेपालका गोल रक्षक विकास मल्ल पनि रहेका छन् ।
सनसनिपूर्ण दोश्रो हाफको ८० औं मिनेटमा मोरिससका इमानुअल फुलचन्डले दोहोरो पहेंलो कार्ड पाएपछि मैदान बाहिर गएका थिए । खेलको अन्तिम समय हुनै लाग्दा फ्लड लाईडको उज्यालो खेल खेल्नका लागि पर्याप्त नभएपनि खेल १० मिनेट रोकिएको थियो ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




