
पोखरा १ फागुन । पोखरामा मंगलबार ठेलो (छेलो) प्रतियोगिता हुने भएको छ । प्रदेश सरकार स्थापनाको अवसरमा प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा फागुन ३ गते पोखरामा खुला ठेलो (छेलो) प्रतियोगिता आयोजना हुन लागेको हो ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले परम्परागत खेललाई जर्गेना गर्ने उद्देश्य अनुरुप प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनले आगामी दिनमा अन्य परम्परागत खेलहरुलाई पनि प्रवद्र्धन गर्दै लैजाने बताए ।
खेलमा पुरुषतर्फ सानो र ठूलो तथा महिलातर्फ सानो गरी ३ इभेन्टमा प्रतियोगिता हुने छ । हरेक इभेन्टमा प्रथम पुरस्कार २०÷२० हजार, द्धितिय १०÷१० हजार र तृतिय पुरस्कार ५÷५ हजार रहेको छ । खेल पोखरा रंगशालास्थित भलिबल खेल मैदानमा आयोजना हुने छ ।
अब हुने नवौ राष्ट्रिय खेलकुदमा पनि छेलो(ठेलो) खेललाई प्रतियोगितामा समावेश गराइने सदस्य सचिव गुरुङले बताए । प्रतियोगितामा ७० देखि ८० जना खेलाडीको सहभागिता रहने छ ।
प्रतियोगितामा कास्की जिल्लाबाट सहभागि हुने खेलाडीका लागि १ सय रुपैयाँ दस्तुर रहेको छ भने बाहिरी जिल्लाबाट सहभागि हुने खेलाडीका लागि भने दर्ता शुल्क निशुल्क रहेको छ ।









पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




