
काठमाडौं, ५ फागुन । क्रिकेट खेलको विकास एवं सामाजिक सद्भाव कायम गर्न यही फागुन ११ गतेदेखि १४ गतेसम्म विराटनगरमा ९औं मारवाडी प्रिमियर लिग (एमपिएर–९) प्रतियोगिताको आयोजना हुने भएको छ ।
नेपाल अग्रवाल युवा मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा मारवाडी समुदायका अग्रवाल, महेश्वरी, ओस्वाल, मारवाडी ब्राह्मण, मेंढ स्वर्णकारका युवा टोलीको सहभागिता हुनेछ । मञ्चका अध्यक्ष प्रदीप अग्रवालले विराटनगर –२ स्थित शंकरपुरमा हुने प्रतियोगितामा मेजिक स्ट्राकर, प्रिमियर ११, हुलास ११, परशुराम वारियर, सीएसवी ११ गरी पाँच टोलीबीच १० वटा लिग कल नकआउट प्रतियोगिता हुने जानकारी दिए ।
प्रतियोगितामा विजयी हुने प्रथम टोलीलाई नगद ६१ हजार रुपैयाँ र दोस्रोलाई २१ हजार रुपैयाँ नगदसहित ट्रफी र पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिताका संयोजक हेमन्त अग्रवालले उक्त खेल टि–१० को आधारमा खेलाइने जानकारी दिए । प्रतियोगिता पूर्व युवाबीच खेलकूदप्रति अभिरुचि जगाउन मोटरसाइकल र्यालीले नगरका विभिन्न स्थानको परिक्रमा गरिने भएको छ । मारवाडी युवा लिग विगत १२ वर्षदेखि सञ्चालन हुँदै आएको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




