
पाेखरा, ७ फागुन । १६ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याका धावक स्टेफेन कोस्गीले उपाधि जितेका छन् ।
नेपाल भुतपूर्व खेलाडी मञ्च द्वारा ७२ औं प्रजातन्त्र दिवशका अवसरमा शनिबार आयोजित पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याका धावक स्टेफेनले निर्धारित दुरी ४२.१९५ किमि २ घन्टा १९ मिनेट ४३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । उपाधि संगै उनले पोखरा म्याराथनमा नयाँ रेकर्ड बनाएका छन् । स्टेफेनले उपाधि संगै नगद ४ लाख नगद हात पारे ।
केन्याकै अर्का धावक सिमिअन किप्लागाट टुले निर्धारित दुरी २ घन्टा २१ मिनेट ३ सेकेण्डमा पार गर्दै दोश्रो स्थान प्राप्त गरे । उनले नगद २ लाख हात पारे । उनको टाइमिङ समेत पोखरा म्याराथनमा नयाँ रेकर्ड हो । म्याराथनतर्फ नै विभागिय टोली नेपाली सेनाका मोहन देव जोशी २ घन्टा ३३ मिनेट २४ सेकेण्डमा दुरी पार गर्दै तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन् । उनले नगद १ लाख प्राप्त गरेका छन् । उनी नेपाली धावकहरु मध्ये पहिलो स्थान प्राप्त गरेका छन् । उनी नेपाली धावकहरुमा पहिलो स्थान भए संगै यूकेको कुनै एक म्याराथनमा सहभागि हुने मौका समेत पाएका छन् । एपिएफ क्लवका सन्तोष विक्रम विष्टले उक्त दुरी २ घन्टा ३४ मिनेट ४८ सेकेण्डमा पार गर्दै चौथो स्थान हात पारेका छन् । उनले नगद ३० हजार प्राप्त गरे ।
यता महिलातर्फ भएको २१ किमि हाफ म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईले उपाधि जितेकी छन् । उनले निर्धारित दुरी १ घन्टा २१ मिनेट २६ सेकेण्डमा पार गर्दै नगद १ लाख हात पारेकी छन् भने एपिएफ क्लवकी विन्द्रा धान्के श्रेष्ठले १ घन्टा २७ मिनेट ४१ सेकेण्डमा पार गर्दै दोश्रो भइन । उनले नगद ५० हजार प्राप्त गर्दा जुम्लाकी राममायाँ वुढाले १ घन्टा ३० मिनेट ४८ सेकेण्डमा पार गर्दै तेश्रो भइन । उनले नगद ३० हजार प्राप्त गरिन । विदेशी धाविका युकेकी हाना क्यारसले निर्धारित दुरी १ घन्टा ३२ मिनेट ५८ सेकेण्डमा पार गर्दै चौथो भएकी छन् । उनले नगद १५ हजार प्राप्त गरिन ।
विजेताहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, गण्डकी प्रदेशका सांसद मोहन रेग्मी, ग्रिसका अवैतनिक राजदुत विक्रम पाँडे काजी, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, प्रदेश यूवा तथा खेलकुद मन्त्रालयका सचिव वद्रीनाथ अधिकारी, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, पोखरेली मञ्चका अध्यक्ष मान प्रसाद गुरुङ, उपाध्यक्ष करम गुरुङ, कृषि विकास बैंक प्रदेश कार्यालयका निमित्त निर्देशक शम्भु पौडेल, भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट मञ्चका सल्लाहकार जगन गुरुङ, सल्लाहकार गणेश भट्टराई, महेश गुरुङ, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचन, किर्तिमानधारी धावक बैकुण्ठ मानन्धर, नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरी लगायतले विजेता धावक खेलाडीहरुलाई नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । पोखरा म्याराथन अन्तर्गत वितरण गरिएको मध्येको एक पुरस्कार स्रष्टा स्व.भुपी शेरचनको स्मृतीमा वितरण गरिएको थियो ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




