
पोखरा, २४ फागुन । शनिबारदेखि सुरु भएको पोखरा लिंकन ईन्टरनेशनल कलेजको खेलकुद कार्यक्रम सम्पन्न भएको छ । बीबीए र बीएचएम संकायका विद्यार्थीहरुबीच भएको खेलकुद कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
कलेजको प्राङ्गणमा भएको कार्यक्रममा कलेजका कार्यकारी निर्देशक राजकुमार गुरुङ, संस्थाका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङ र संस्थापक प्राचार्य पम्फा गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गरी खेलको उद्घाटन गरेका थिए ।
३ दिनसम्म सञ्चालित कार्यक्रममा फुटबल, भलिबल, बास्केटबल, टेवल टेनिस र सर्टपुटका खेलहरु खेलाइएको थियो । भलिबलमा ६ टिम, बास्केटबलमा (छात्र छात्रा गरी) १० टिम, टेवल टेनिसमा सिंगलमा २९ जना, टेव टेनिस डबलमा ८ टिम र सर्टपुटमा १७ जनासहित फुटबलमा पनि टीम बनाएर खेलाइएको थियो ।
फुटबलतर्फ बीएचएम दोस्रो सेमेस्टर ‘ए’ प्रथम, बीएचएम ‘छैटौँ’ सेमेस्टर दोस्रो, बास्केटबलमा छात्रतर्फ बीएचएम दोस्रो सेमेस्टर ‘ए’ प्रथम र बीएचएम चौथो सेमेस्टर ‘ए’ दोस्रो भएका थिए भने छात्रातर्फ बीएचएम दोस्रो सेमेस्टर ‘ए’ ले प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।

टेवल टेनिसतर्फ सिंगलमा बीबीए दोस्रो सेमेस्टरका अमिस ढकालले प्रथम र विजय भण्डारीले दोस्रो स्थान हासिल गरेका थिए । टेवल टेनिस डबलमा समिर खत्री र अमिस ढकालको टोली प्रथम, इसान गुरुङ र रवि पुलामीको टोली दोस्रो र सफल राना तथा नविन पुनको टोलीले तेस्रो स्थान हाँसिल गरे ।

सर्टपुट खेलमा बीएचएम छैटौँ सेमेस्टरका विजय विक प्रथम, बीएचएम दोस्रो सेमेस्टर ‘बी’ का कुसुम आले दोस्रो र बीएचएम दोस्रो सेमेस्टर ‘ए’ का अमृत पुर्जाले तेस्रो स्थान हासिल गरे ।
पोखरा लिंकन ईन्टरनेशनल कलेज पोखराको मध्यभाग सिमलचौरमा रहेको कलेजले विगत १ दशकदेखि मलेसियाको लिंकन युनिभर्सिटी, शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त गरेर सञ्चालन भइरहेको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




