
पोखरा, २९ फागुन । इन्फोम्याटिक्स कलेजको १२औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पत्रकार महासंघ कास्की विजयी भएको छ ।
उक्त कलेजका प्राध्यापक तथा प्रतिनिधि र कास्कीमा कार्यरत पत्रकारहरु बिच दोविल्लास्थित सहारा एकेडेमीको मैदानमा भएको खेलमा पत्रकारको टिमले इन्फोम्याटिक्स कलेजलाई ८–३ गोलअन्तरले पराजित गरेको हो । पत्रकार महासंघको जितमा पूर्ण न्यौपाने एक्लैले ह्याट्रिकसहित ४ गोल गरे । अर्जुन गाहामगर, अनुप पौडेल, विष्णु गौतम र बशन्त शेर्पाले १/१ गोलको योगदान दिए । इन्फोम्याटिक्सको तर्फबाट टिम कप्तान विवेक श्रेष्ठ, दिपेन्द्र थापा र सन्दिप अधिकारीले १/१ गोल फर्काए पनि जितका लागि प्रर्याप्त भएन् ।
आफ्नो वार्षिकोत्सवको अवसरमा खेल अघि कलेजले नेपाल पत्रकार महासंघ कास्कीलाई नगद २५ हजार रुपैयाँ सहयोग गरेको थियो । यस्तै सहारा क्लब पोखरालाई पनि कलेजले नगद २० हजार रुपैयाँ सहयोग गरेको हो । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी र सहारा क्लबका अध्यक्ष सुरज गुरुङलाई कलेजका सीईओ अभिनभ दहाल तथा फाउण्डर प्रदुन्न केसीले शनिबार नै सहयोग रकमको चेक हस्तान्तरण गरेको थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष भण्डारीले भाइचारको विकाश गर्ने उद्देश्य मैत्रीपूर्ण खेल आयोजना गर्नु उदाहरणीय काम भएकोमा प्रशंसा व्यक्त गरिन् । खेलले कलेजसँगको समिप्यता झनै बढेको धारणा राखिन् । कलेजको हरेक गतिविधि पत्रकार महासंघको सधैं सहकार्य रहने पनि उनले प्रतिवद्धता जनाइन् ।

सहाराका अध्यक्ष गुरुङले कलेजले आफ्नो वार्षिकोत्सवमा गरेको सहयोगले एकेडेमीमा रहेका बालबालिकाहरुको पालनपोषणमा सहयोग पुग्ने बताए । यसैबीच सहारा एकेडेमीको अक्षयकोषका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको पनि अध्यक्ष गुरुङले जानकारी दिए ।

सहारा एकेडेमीले सञ्चालन गरेको सहारा अक्षयकोषका लागि चारभञ्ज्याङ तमु समाजका अध्यक्ष हनेरी लेप्टेन चन्द्रबहादुर गुरुङ र उनकी धर्मपत्नीले ५० हजार ५ रुपैयाँ, सहारा क्लबका मानार्थ सदस्य महेश गुरुङले ५० हजार रुपैयाँ तथा सहारा यूकेका पूर्व कार्यसमिति सदस्य ईश्वर गुरुङले १ लाख १५ हजार रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




