
काठमाडौं, १ चैत्र । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी एन्टि डोपिङ कार्यक्रमको पहिलो दिन नेपालले आफ्नो प्रस्तुति राखेको छ । नेपालको तर्फबाट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले मन्तव्य राखेका हुन् ।
खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७औं एसिया/ओसिनिया क्षेत्र अन्तरसरकारी मन्त्रिस्तरीय बैठकमा आफ्नो मन्तव्य राख्दै मन्त्री अथकले नेपालले खेलकुदमा एन्टी डोपिङको अभियानलाई सार्थक बनाउने कुरामा जोड दिए ।
मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नेपालले राष्ट्रिय एन्टी डोपिङ संस्था बनाउने क्रममा निर्देशक समिति गठन गरी प्रक्रिया सुरु गरेको र आगामी दिनमा एन्टि डोपिङसम्बन्धी नीति तथा कानुन निर्माण गरी खेललाई स्वच्छ बनाउन सकारात्मक योगदान दिने बताए ।

कार्यक्रममा नेपालको प्रयासको सहभागी राष्ट्रहरुले सराहनासमेत गरेका थिए । मार्च १४ देखि १५ सम्म जारी उक्त बैठकमा ४५ देशको सहभागिता रहेको छ । बैठकले सन् २०२२ देखि २४ सम्मका लागि रणनीति पारित गरेको छ । जसअनुसार खेललाई स्वच्छ बनाउन एन्टी डोपिङ संस्थाहरुलाई थप प्रभावकारी वनाउने कुरामा जोड दिइएको छ ।









पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




