पपुवा न्यूगिनीले नेपाललाई जितका लागि दियो २०५ रनको लक्ष्य

-



     सफल आवाज    
     चैत्र २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ फागुन । पपुवा न्यूगिनीले आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)को सारजहा क्रिकेट रंगशालामा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा आज विकेट गुमाउँदै २०४ रनको योगफल बनायो ।

पपुवा न्यूगिनीका लागि चाल्र्स अमिनीले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ८२ बल खेल्दै ७ चौकाको मद्दतमा ५९ रनको योगदान दिएका हुन । त्यस्तै चाद सोपरले ७४ बल खेल्दै २ चौकासहित ३५ रन जोडे । नर्मन भानुवा १२ बलमा २ चौका र एक छक्कासहित २३ रनमा रन आउट भए ।

टोनी उराले २७, लेगा सिकायाले २५ तथा कप्तान असाद भालाले १९ रन जोडे । नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामीले ३ विकेट लिए भने सन्दीप लामिछाने, आरिफ शेखले र ज्ञानेन्द्र मल्लले समान १/१ विकेट लिए ।