
पाेखरा, ५ चैत । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीनानाथ बराल निर्वाचित भएका छन् । खेल पत्रकारितको विकाससँगै खेल र खेलाडीको विकासमा क्रियाशील मञ्चको आज पोखरामा सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको मतदानमा बरालले प्रतिस्पर्धी रञ्जन अधिकारीलाई नौ मतले पराजित गर्दै अध्यक्षमा विजयी भए ।
आगामी दुई वर्षे कार्यकालका लागि भएको मतदानमा ४९ मत खसेकामा बरालले २९ र अधिकारीले २० मत प्राप्त गरेकाे निर्वाचन समितिका संयोजक सरिता तिमिल्सिनाले जानकारी दिइन।
मञ्चको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिवमा राजाराम पौडेल, सचिवमा शशिकुमार पौडेल र कोषाध्यक्षमा कविता घर्तीमगर निर्वाचित भए। अध्यक्षबाहेक अन्य पदमा भने सर्वसम्मत भएको थियो । मञ्चको सदस्यमा दीपकराज मुल्मी, नारायण शाही, उमेश पुन, मानबहादुर घर्ती (एमबी आस्था) र राजु गिरी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




