
काठमाडौं, ७ चैत्र । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले सबै सामुदायिक विद्यालयहरु खेलमैत्री हुनुपर्ने बताएका छन् ।
बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माद्यमिक विद्यालयको ३७औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री अथकले स्थानीयस्तरबाटै खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेलमैत्री हुनुपर्ने बताएका हुन् ।
सामुदायिक विद्यालयहरुले खेलकुदको विकासका लागि अहम भूमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री अथकले भने, ‘हाम्रा प्रायः सबै समुदायिक विद्यालयहरु खेलमैत्री छन् । संस्थागतभन्दा सामुदायिक विद्यालयहरुको आफ्नै खेल मैदान प्रयाप्त छन्, त्यसको सदुपयोग गर्दै खेल क्षेत्रको विकासमा सामुदायिक विद्यालयहरुले अहम भूमिका निर्वाह गर्नुपर्छ ।’
नेपाल सरकारले सामुदायिक विद्यालय सुधारका लागि विभिन्न योजनाहरु लागू गरेको उल्लेख गर्दै मन्त्री अथकले शैक्षिक सुधारका लागि शिक्षक तथा अभिभावकहरुसमेत जागरुक हुनुपर्ने बताए ।
शनिबार गृह जिल्ला पुगेका मन्त्री अथकले आइतबार विद्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गरेका थिए । शिक्षा मन्त्रालयको विद्यालय क्षेत्र सुधार योजनाअन्तर्गत ४० लाख लागतमा विद्यालयको ४ कोठाको भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक विनोद लम्सालले जानकारी दिए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




