
काठमाडौं, ९ चैत । आइसीसी विश्वकप क्रिकेट लिग टू खेलेर नेपाली राष्ट्रिय टोली आज (बुधबार) स्वदेश फर्कने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली साँझ ७ः१० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
लिगमा ४ खेल खेलेको नेपाल २ खेलमा जित र २ खेलमा पराजित भएको थियो । नेपालले पहिलो खेलमा पपुवा न्युजिनी (पीएनजी) २ विकेटको जित निकालेको थियो । नेपालले दोस्रो खेलमा युएईसँग ४८ रन र तेस्रो खेलमा ९९ रनले पराजित भएको थियो । नेपालले मंगलबार भएको अन्तिम खेलमा पीएनजीमाथि ७ विकेटको जित निकालेको थियो ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




