
पोखरा, १० चैत्र । प्रणव मानन्धर र सौगात विक पोखरामा जारी मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा ब्वाइज ओपन डबल्सतर्फ विजयी भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत बिहिबारको फाइनल खेलमा सो जोडीले निशा जोशी र दर्शिल श्रेष्ठको जोडीलाई पराजित गर्दै च्याम्पियन भएका हुन् ।
प्रतियोगितामा विजेता जोडीले नगद १५ हजारसहित मेडल तथा उपविजेता जोडीले नगद ७ हजार ५ सय सहित मेडल पुरस्कार प्राप्त गरे । त्यस्तै अशव हाडा र स्पन्दन उदास तथा शास्वत बज्राचार्य र सृजन भट्टराइको जोडीले तृतीय स्थान प्राप्त गरे ।
१६ वर्ष मुनिको ब्वाइज सिंग्लस उपाधी प्रणव मानन्धरले जितेका छन् । उनले फाइनल खेलमा राजबिर प्रधानलाई ६–०, ६–१ को सहज नतिजा निकाले । जितसंगै उनले नगद १५ हजार सहित मेडल तथा उपविजेता राजबिरले नगद ७ हजार ५ सय सहित मेडल पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सौगात विकले तृतीय स्थान हाँसिल गरे ।
विजयी खेलाडीहरुलाई कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नविन चालिसे, कोषाध्यक्ष अनुज बाँस्तोला, संघका सदस्य प्राञ्जल कायस्थ, नेपालका शिर्षवरियता खेलाडी प्रदिप खड्का लगायतले एक समारोहका विच पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा गल्र्सतर्फका फाइनल तथा अन्य खेलहरु जारी गरेको प्रतियोगिताका निर्देशक सूर्यभूषण बज्राचार्यले जानकारी दिए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




