२ वर्षपछि वार्षिकोत्सव मनाउँदै केन्द्रीय बैंक

-



     सफल आवाज    
     वैशाख १४ गते २०७९ मा प्रकाशित



काठमाडौँ, १४ वैशाख । नेपाल राष्ट्र बैंकले ६७ औं वार्षिकोत्सव भव्य रुपमा मनाउने भएकाे छ । गतवर्ष कोरोना महामारीका कारण भर्चुअल रुपमा सम्पन्न राष्ट्र बैंकको वार्षिकोत्सव यसपटक भने भव्य कार्यक्रमका साथ मनाउन लागिएको केन्द्रीय बैंकले जनाएकाे छ ।

राष्ट्र बैंकले बुधवार दिउँसो २ बजे बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा भव्य रुपमा वार्षिकोत्सव मनाउँदैछ ।
विगतको भन्दा यसपटकको वार्षिकोत्सव विशेष रहेकाे समेत बताइएकाे छ ।

अर्थमन्त्रालयसँगको टसलका कारण सरकारले छानबिन शुर गरेपछि गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका थिए । पछि सर्वोच्च अदालतले काममा फर्कन अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी अहिले राष्ट्र बैंक फर्किएका छन् ।

मंगलवार अधिकारीको रिटमाथीको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । मंगलवार बहस नसकिएपछि अर्को पेशी बिहीवारका लागि तोकिएको छ । अर्को पेशी बिहीवारका लागि तोकिएपछि गभर्नर अधिकारीले बुधवार राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव भव्यताका साथ मनाउन पाउने भएका छन् ।

कोरोना महामारी मत्थर भइसकेकाले यसपटक वार्षिकोत्सव भव्य रुपमा मनाउनका लागि सहज पनि देखिन्छ । अघिल्ला २ वर्ष भर्चुअल रूपमा मनाइएको राष्ट्र बैंकको वार्षिकोत्सव यस पटक भौतिक उपस्थितिमा मनाइँदैछ ।