
काठमाडौं, ९ जेठ । ईपीएल फ्रेन्चाइज टिमले क्यानलाइ वहिष्कार गर्ने चेतावनी दिएका छन । नेपाल क्रिकेट संघले ईपीएलको पाँचौं संस्करण आयोजनाकाे स्वीकृति नदिएको भन्दै ईपीएलका फ्रेन्चाइज टिमका लगानीकर्ताहरुले यस्ताे चेतावनी दिएका हुन ।
सोमबार ईपीएलले गरेको पत्रकार सम्मेलनमा ६ मध्ये ५ फ्रेन्चाइज टिमका लगानीकर्ताहरु सहभागी थिए । उनीहरुले अहिलेकाे विषम परिस्थितिमा खेलाडीहरूको उत्थानका लागि ४ संस्करणसम्म गरेको योगदानको क्यानले अवमूल्यन गरेकोमा चिन्ता व्यक्त गरेका थिए ।
ईपीएलका सन्चालक अमिर अख्तरले पत्रकार सम्मेलनमा भने, ‘क्यान आफैंले आयोजना गर्ने प्रतियोगिताको हामी विरोध गर्दैनौं तर स्थापित भइसकेको प्रतियोगिताले निरन्तरता दिन पाउनुपर्छ भन्ने हाम्रो माग हो ।
चितवन टाइगर्सका प्रमुख किशोर भट्टराईले नेपाली खेलकुद र खेलकर्मीकाे न्यायको पक्षमाआफुहरू रहेको बताए। ‘नेपालमा नेतृत्व परिवर्तन भएसंगैं खेलकुदको रणनीति परिवर्तन हुनु राम्राे नभएकाे उनले बताए । क्यानले सल्लाह नै नगरी यस्तो निर्णय गर्दा निजी संस्थाहरुले खेलकुदमा किन लगानी गर्ने भन्ने प्रश्न उठेको भट्टराईले पत्रकार सम्मेलनमा बताएका थिए।
पत्रकार सम्मेलनमा उपस्थित ईपीएल फ्रेन्चाइज टिम ललितपुर प्याट्रियट्सका प्रमुख किशोर महर्जनले क्यानको निर्णयबाट आफूहरू दुखी भएको बताए । ‘हामीले तत्काल प्रतिफलको आशा गरेर क्रिकेटमा लगानी गरेका होइनौं । यो त आफूलाई मनपर्ने खेलका लागि गरिएको सहयोग थियो,’ महर्जनले भने ।
ईपीएलका अध्यक्ष सहित ६ वटै टिमका प्रमुख लगानीकर्ताहरूले हस्ताक्षर गरेको प्रेस बिज्ञप्तीमा ईपीएल आयोजनाको अनुमति नपाए साे प्रतियोगिताका लागि आवद्ध भएका सबै निजी संस्थाहरुले क्यानमार्फत आयोजना हुने सबै प्रतियोगिता वहिस्कार गर्ने भनिएकाे छ । ईपीएलको पाँचौं संस्करण आगामी कात्तिक महिनामा आयोजना हुने यसअघि नै घोषणा भइसकेको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




