गण्डकी प्रदेश खेलकुद विधेयक–२०७७ पारित

-



     सफल आवाज    
     असाेज १४ गते २०७७ मा प्रकाशित



पोखरा, १४ असोज । गण्डकी प्रदेश खेलकुद विधेयक–२०७७ पारित भएको छ । प्रदेशसभाको ५८ औं बैठकबाट बुधबार सामान्य संसोधन सहित विधेयक पारित भएको हो ।

संघीय खेलकुद ऐनसँग नबाझिने गरी तयार बिधेयक गत असोज ५ मा प्रदेशसभामा दर्ता भएको थियो । सो विधेयकमा उल्लेखित १९ सदस्यीय बोर्ड सदस्य रहनेमा २५ सदस्यीयसम्म रहने गरी सामान्य संशोधनसहित पारित भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र न्यौपानेले जानकारी दिए ।

विधेयक पारितसँगै प्रमाणिकरणपछि सदस्यसचिव छनोटका लागि समिति गठन हुनेछ । जसमा ३ सदस्यीय समिति गठन गर्ने प्रावधान उल्लेख छ ।

प्रदेशको खेलकुद विकास समिति सदस्यसचिवको लागि स्नातक तह उत्तीर्ण र ६० वर्षसम्म उमेर हद तोकिएको छ । यस्तै, ५ सदस्यीय कार्यकारी बोर्ड समेत गठन हुनेछ । बोर्डको कार्यकाल ४ वर्षको हुनेछ ।