यू–२० साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

-



     सफल आवाज    
     श्रावण ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ साउन । साफ च्याम्पियनसिपमा सहभागिता जनाउन जाने नेपाली फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । यही साउन ९ देखि २० गतेसम्म भारतको भुवनेश्वरमा आयोजना हुने यू–२० पुरुष साफ च्याम्पियनसिपमा सहभागी हने नेपाली फुटबल टोलीलाई बिदाइ गरिएको हो।

टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङलगायत एन्फाका पदाधिकारीले सफलताको कामनासहित बिदाइ गरेका हुन् ।

प्रतियोगितामा आयोजक भारतसँगै नेपाल, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का गरी पाँच टोलीको सहभागिता रहने र उद्घाटन खेल आगामी साउन ९ नेपाल र माल्दिभ्सबिच हुने बताइएको छ ।

नेपालले दोस्रो खेल साउन ११ गते श्रीलङ्कासँग र तेस्रो खेल आयोजक भारतसँग साउन १५ मा खेल्नेछ । साउन १७ मा भने नेपाल र बङ्गलादेशबिच खेल हुनेछ । प्रतियोगितामा शीर्ष दुई स्थान हासाल गर्ने टोलीले साउन २० गते अन्तिम चरणको खेल खेल्नेछन्।

नेपाली टोली :

गोलकिपर: ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख

डिफेन्डर: अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सिर्जन धानी, रोशन थापा र अभिषेक वाइवा

मिडफिल्डर: दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिषरत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान

फरवार्ड: दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी