
काठमाडौं, १२ साउन । भारतमा जारी साफ यू-२० च्याम्पियन्सिपमा नेपालले लगातार दोस्रो जित निकाल्न सफल भएको छ। धबार साँझ भुवनेश्वरको कालिंगा रंगशालामा आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-० गोलले पराजित गरेको हो ।
श्रीलंकालाई ३-० ले हराउने क्रममा नेपालका आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले १-१ गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा नेपालले ३ गोल गर्न सफल भएको हो ।
खेलको पहिलो हाफको २९ औं मिनेटमा नेपालको कर्नर बचाउने क्रममा डिफ्लेक्ट भएको बल गोलमा परिणत भए पनि विपक्षी खेलाडीलाई फाउल गरेको भन्दै मान्यता पाएन । पहिलो हाफमा दुवैतर्फबाट प्रयास भए पनि कुनै गोल हुन सकेन।

दोस्रो हाफको केही समयसम्म दुवै पक्षका खेलाडीले गोलको प्रयास गरे पनि गोल हुन भने सकेन। खेलको ५८ औं मिनेटमा नेपाल कप्तान आयुष घलानले पहवलो गोल गरे । त्यसपछि १-० ले पछि परेको श्रीलंकामाथि ६४ औं मिनेटमा आयुषको पासमा र कृतिश रत्न छुन्जुले शानदार गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए ।
८४ औं मिनेटमा फ्रीकिकमा पाएको बललाई मनग्य नकर्मीले सहजै गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए । यसपछि दुवै पक्षबाट कुनै गोल हुन सकेन र अन्तिम नतिजा नेपालको पक्षमा ३-० को रह्यो।
यो जितँगै नेपाल २ खेलमा दुवै खेल जितेर ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ। नेपालले आफ्नो तेस्रो खेल आगामी जुलाई ३१ अर्थात् आइतबार भारतसँग खेल्ने छ ।
फोटो सौजन्य: सुवास सुवेदी/एन्फा








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




