चीनको वुहानमा ४ जनामा कोरोना,  फेरि लकडाउन

-



     सफल आवाज    
     श्रावण १२ गते २०७९ मा प्रकाशित



बेइजिङ, १२ साउन । कोभिड-१९ को उद्गम मानिएको चीनको वुहान सहरमा ४ जनामा कोरोना संक्रमण  भेटिएपछि जिआङ्जिया क्षेत्रमा लकडाउन गरिएको छ । लकडाउन गरिएको क्षेत्रका मानिसहरूलाई तीन दिनसम्म घरभित्रै बस्न निर्देशन दिइएको छ । उक्त सहरको जनसङ्ख्या १० लाख जति रहेको बताइएको छ ।

जिआङ्जिया क्षेत्रमा ४ जनामा ​​कोरोना संक्रमण देखिएको तरउनीहरुमा कुनै पनि लक्षण नदेखिएको बताइएको छ। कोभिड-१९ विरुद्ध लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको चीनले ठूलो मात्रामा कोभिड परीक्षण, कडा आइसोलेसन र स्थानीय लकडाउन जस्ता कदमहरू चाल्दै आएको छ । यी उपायहरुका कारण तुलनात्मक रुपमा चीनले कोभिड-१९ बाट मृत्यु हुनेको संख्या निकै कम रहेको छ।

वुहान सहरमा जम्मा १२ लाख जनसंख्या रहेको र कोभिडको उद्गम भएका कारण त्यहाँ नियमित रुपमा कोरोना परीक्षण गर्ने गरिएको छ। वुहान सहरमा दुई दिनअघि २ जनामा संक्रमण देखिएको र उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुको पनि परीक्षण गर्दा थप २ जनामा संक्रमण पुष्टि भएको थियो ।